
फुङ्लिङ (ताप्लेजुङ), १५ जेठः धार्मिक तथा पर्यटकीयस्थल सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव सुरु भएको छ । समुद्री सतहबाट तीन हजार ५१५ मिटरको उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिपूर्णको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन विकासको पनि प्रचुर सम्भावना रहेकाले यो क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
महोत्सवमार्फत ढुङ्ढुङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गाजस्ता गाउँपालिकाभित्रका अन्य पर्यटकीयस्थलको पनि प्रचारप्रसार गरिनेछ । गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए तापनि पर्याप्त प्रचारप्रसार नहुँदा यो स्थल उपेक्षित रहेको बताउछन् । महोत्सवका माध्यमबाट यस क्षेत्रमा स्थानीय र बाह्य पर्यटकको आगमन बढाउने विश्वास उहाँले विश्वास व्यक्त गरेका थिए ।
महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी, नौमती बाजा, च्याब्रुङ नाचसहितका सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन् । महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । मेलास्थलबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी तथा भारतका सिक्किम र दार्जिलिङको दृश्यावलोकन गर्न सकिन्छ । रासस
SHARE
RELATED_NEWS

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.