![](https://htcmedia.com.np/uploads/post_photo_1734849583.jpg)
चितवन– मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छन् ।
यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछन् । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछन्।
SHARE
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.