
काठमाडौंं, ३० चैत – लामो समयदेखि मुलुकको पर्यटन क्षेत्रको विकासमा क्रियाशील सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योग वातावरण प्रदूषणको चपेटामा परेकामा चिन्ता व्यक्त गर्दै बाह्य पर्यटक आकर्षित गर्न वातावरण संरक्षण अपरिहार्य भएको बताएका छन् । साथै उनीहरुले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिले पनि पर्यटकको आगमन प्रभावित भएको वास्तविकतातर्फ सचेत हुन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गरेका छन् ।
नेपाल वातावरण पत्रकार समूहले ‘पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर’ शीर्षकमा आज यहाँ आयोजना गरेको छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वातावरण प्रदूषणका कारण देशको सुन्दर छवि धमिलिएको बताएका थिए ।
उनले भने,“पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ । वायु प्रदूषणका कारण पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नु परेको छ । प्रदूषणका कारकलाई रोक्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । निजी क्षेत्र र सरकोकार भएका सबैले होस्टेमा हैँसे गरेर पर्यटन क्षेत्रको विकासका निम्ति लाग्नैपर्छ ।”
नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा नकरात्मक असर देखिएको बताउनुभयो । उनले भने, “जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लिएको छ । विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल पर्दछ तर अहिले वायु प्रदूषणले देशको छवि धमिलियो । प्रदूषण घटाउनेतर्फ सबै लाग्नुपर्छ ।”
वायुप्रदूषण रोक्ने सचेतना अभियानमा लामो समयदेखि लाग्नुभएका भूपेन्द्र दासले विश्व नै वायु प्रदूषणको चपेटामा परेको बताउँदै भने, “डढेलो, फोहरमैला जलाउने, सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ, धुँवाको मुस्लो फाल्ने पुराना सवारीसाधनको प्रयोग, निर्माण क्षेत्र र कलकारखानाबाट पनि वायु प्रदूषण हुन्छ । वायु प्रदूषणले पर्यटन उद्योगमा दीर्घकालीन असर पर्नसक्छ ।” रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.