
काठमाडौं –साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् ।
यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.