काठमाडौं, ४ चैत – नेपाली कांगे्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताए। उनले भनेका छन्, “संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ रु सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।”
सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटी वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, “जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ ।”
द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्याउनुपर्ने सांसद सिटौलाले बताउका छन्। उनले भनेका छन्, “छिटो न्याय दिन आवश्यक छ । हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायौँ। अब मिलेर समस्या समाधान गर्नुपर्छ ।” परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उहाँले सबै एकताबद्ध भएर उभिने बेला आएको बताएका छन् । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.