
ढोरपाटन (बागलुङ), ४ वैशाख – धार्मिक पर्यटकलाई आकर्षित गर्न सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण सुरु गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित प्रसिद्ध धार्मिकस्थल सत्यवती मन्दिर जोड्नका लागि पदमार्ग निर्माण सुरु गरिएको हो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटमा खाल्टाबाट सत्यवती मन्दिरसम्म रेलिङसहितको दुई सय मिटर पक्की पदर्माग निर्माण थालिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायण रिजालले जानकारी दिएका थिए ।
अघिल्लो वर्ष पनि रु १० लाख लागतमा करिब दुई सय मिटर पदमार्ग निर्माण गरिसकेको बताउँदै उहाँले मन्दिरसम्म पुग्ने पदमार्ग निर्माणमा पछिल्लो दुई वर्षमा रु २० लाख लगानी भएको जानकारी दिएका छन् । उनका अनुसार पर्यटन तथा उद्योग कार्यालय बागलुङले पदमार्ग निर्माण गरिरहेको हो ।रेलिङसहितको पक्की पदमार्ग निर्माण बढी खर्चिलो हुने रिजालको भनाइ छ । यसवर्ष पदमार्ग निर्माणका लागि गत फागुन ११ गते उपभोक्ता समितिमार्फत सम्झौता गरी काम अगाडि बढेको भन्दै हालसम्म ५० प्रतिशत बढी प्रगति भएको उहाँले जानकारी दिएका थिए । उनका अनुसार उक्त आयोजना यही महिनाभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ ।
चिच्याएर वर माग्ने यस मन्दिरमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीय बताउँछन् । दश वर्ष पहिलेसम्म जीर्ण र अव्यवस्थित मन्दिरलाई बरेङ गाउँपालिकाले व्यवस्थित बनाएको छ । धार्मिक महत्त्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आइएको पाइन्छ ।यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । गाउँपालिकाले मन्दिरको पुनःनिर्माण, पार्किङस्थल निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल, फनपार्कलगायत पूर्वधार निर्माण गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताएका थिए । उनका अनुसार यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याउनका लागि पूर्वधार निर्माणमा हालसम्म रु एक करोड बढी लगानी भइसकेको छ ।
मन्दिरसम्म आउने सडक बाह्रैमहिना सञ्चालन हुनेगरी व्यवस्थित बनाइएको अध्यक्ष शर्माले बताएका छन् । उनले भने, “यो मन्दिरमा हरेक धान्य पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । प्रत्येक महिना हजारौँ दर्शनार्थी मन्दिरमा आउने हुँदा सडक, खानेपानी, मन्दिर निर्माण गर्ने र अन्य पूर्वाधारलाई व्यवस्थित बनाइरहेका छौँ । पहिले मन्दिर भएको ठाउँ निकै साँघुरो हुँदा भक्तजनलाई पूजाआजा गर्न समस्या थियो, अहिले त्यसलाई फराकिलो बनाएका छौँ ।” रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.