
झापा, २३ असारः झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा सहयोग पुर्याउँदै आएको छ । सदस्य बिरामी हुँदा उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले संस्थाले विसं २०७२ मा ‘जीवन बरदान’ कार्यक्रम लागू गरेको थियो । सहकारीका सदस्यले वार्षिक रु तीन हजार ४७५ बुझाएपछि ‘जीवन बरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन् ।
त्यसरी सदस्य बनेकाहरुले बिरामी हुँदा संस्थाले तोकेका अस्पतालबाट वर्षमा एकपटक लाखौँ रकम बराबरको उपचार सेवा लिन पाउँछन् । रोगको अवस्था हेरी कतिपय सदस्यले रु १० लाखसम्मको उपचार पाउने गरेको संस्थाले जनाएको छ । धेरै खर्च हुने जटिल रोग लागेको, दुर्घटना भएर आकस्मिक उपचार गराउनु परेको र शल्यक्रिया गरिने अवस्थामा सहाराले शल्यक्रिया र औषधिको कूल खर्चको ९० प्रतिशतसम्म बेहोर्ने भएकाले सदस्यहरु ‘जीवन बरदान’ कार्यक्रमबाट लाभान्वित हुने गरेका छन् ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाका अनुसार एक दशकमा ‘जीवन बरदान’ मार्फत १७ हजार ७३७ जना सदस्यले रु ४१ करोड ९७ लाख बराबरको उपचार सेवा प्राप्त गरिसकेका छन् । चालु आर्थिक वर्ष २०८१र८२ मा एक हजार ४०० भन्दा बढी सदस्यले लगभग रु सात करोड बराबरको स्वास्थ्योपचार सेवा लिइसकेको उनले जानकारी दिएका थिए । पछिल्लो महिनामा सेवा लिएका कतिपयको बिल भरपाइ सङ्कलन भइरहेको हुँदा यकिन हिसाब आउन बाँकी रहेको बताइएको छ ।
संस्थाले उपचारका लागि राजधानी काठमाडौंका सुविधा सम्पन्न अस्पतालदेखि मोफसलका ५० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको जनाएको छ । बिरामीले आफैँ अस्पताल रोजेर उपचार गराउन पाउने संस्थाले सदस्यलाई सुविधा दिएको छ ।“जटिल रोगका बिरामी वा शल्यक्रिया गराउनुपरेमा सदस्यले आफैँले चाहेको अस्पतालमा उपचार गराउन सक्नुहुन्छ”, सेवा लिने प्रक्रियाबारे जानकारी दिँदै उनले भने, “अस्पताललाई जीवन बरदान कार्ड देखाएर सहारा नेपाललाई भर्ना भएको जानकारी गराए पुग्छ । अस्पतालले कुनै धरौटी नलिइकन सबै उपचार गरिदिन्छ ।”
संस्थाले शल्यक्रिया गराउँदा लागेको शुल्कको ९० प्रतिशत र उपचारमा लागेको खर्चको ८० प्रतिशत रकम अस्पताललाई भुक्तानी दिने गरेको छ । अस्पतालमा भर्ना भएको दिनदेखि डिस्चार्ज भएसम्मको अधिकांश खर्च संस्थाले नै बेहोर्ने भएकाले सहकारीका सदस्यले स्वास्थ्योपचारमा ठूलो राहत अनुभूति गर्दै आएका छन् ।अस्पतालबाट डिस्चार्ज भइसकेपछि घरमा बसेका बेला शल्यक्रिया गराएका बिरामीलाई संस्थाले नर्स पठाएर घरदैलो ‘होम केयर’ सेवा पु¥याउने गरेको छ । मुटु मिर्गौला, सुगर, प्रेसर, थाइराइड, दम, छारेरोगलगायत १० वटा दीर्घकालीन रोग लागेका सदस्यलाई औषधि खर्चको ५० प्रतिशतसम्म बेहोर्दै आएको संस्थाले जनाएको छ ।
कनकाई नगरपालिका वडा नं ३ का चन्द्रप्रसाद रिजालले गत चैतमा टाउकाको शल्यक्रिया गराउँदा सहाराको ‘जीवन बरदान’ कार्यक्रमबाट रु दुई लाख ५० हजार बराबरको उपचार विर्तामोडको बीएन्डसी अस्पतालबाट पाएको बताएका थिए । संस्थाको जीवन बरदान कार्यक्रमको सदस्य रहनुभएको बिर्तामोड नगरपालिका वडा नं २ का ढुण्डीराज मिश्रले पनि एक वर्षअघि काठमाडौंको मेडिसिटी अस्प्तालमा ट्यूमरको शल्यक्रिया गराउँदा रु चार लाख प्राप्त गरेका थिए । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा हाल एक लाख ९१ हजार सात सय २१ जना सदस्य छन् भने रु एक अर्ब ६९ करोड ८६ लाख ५९ हजार चार सय शेयर पुँजी रहेको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर गरी छ जिल्लामा ८१ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । रासस
SHARE
RELATED_NEWS

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.