• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

३१ साउन २०८२, शुक्रवार

भक्तपुर,। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने बताएका थिए । भक्तपुरमा आज आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा अध्यक्ष दाहालले चाँगुनारायणमा सञ्चालन भएको एभोकाडो अभियानबाट सबै स्थानीय तहले सिक्नुपर्ने बताएका छन् ।

अध्यक्ष दाहालले भने, “चाँगुनारायणमा सञ्चालन गरेको एभोकाडो सिटी अभियानले प्राप्त गरेको सफलताबाट देशभरका सात सय ५३ स्थानीय तहले सिक्नुपर्छ । प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रको माटो सुहाउँदो कृषि, फलफूललगायतका कृषि उपज फलाउन सके देश कृषिमा आत्मनिर्भर हुन्छ ।”राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले मौलिक नमूनासहितको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य रहेको बताउछन् । पछिल्लो समय ‘देशमै केही गरौँ, देशमै आत्मनिर्भर बनौँ’ भनेर धेरै युवाहरुले समूहगत रुपमा काम गर्न थालेको बताउदै उनले भने, “विदेशीको नक्कल गर्ने प्रवृत्ति दुर्भाग्यपूर्ण छ, आफ्नै देशमा रोजगारी सिर्जना गर्नेतिर सबैले आ–आफ्नो ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्छ । सबै जुटे देश आत्मनिर्भर हुन समय लाग्दैन ।”

देशमा मौलिक अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने प्रचलन बढेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको संस्कृति, भाषा एवं देशप्रति गर्व गर्ने मानसिकताको विकास हुन नसक्नु आजको चुनौती रहेको बताएका थिए । देशभित्रै प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा अथाह सम्भावना रहेको औल्याँउदै उनले सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढ्न सके देश विकास टाढा नभएको बताउछन् । देशमै रोजगार सिर्जना भई उत्पादकत्व वृद्धि हुने र विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले नयाँ नेपाल निर्माणका लागि सबैले त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोम मिश्र, सिटी एभोकाडो अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डिपी ढकाल, अभियानका चाँगुनारायाण संयोजक नरेश खड्कालगायतले एभोकाडो अभियानले ल्याएको सकारात्मक ऊर्जाबारे चर्चा गरेका थिए । रासस

COMMENT

.