• १९ भदौ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

सुमना भन्छिन : प्रधानमन्त्रीको स्पेनमा मान्छे छाडेर आएको पुष्टि भयो

२९ असार २०८२, आइतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणका बेला नफर्किएका व्यक्तिको विषयमा आफूहरूले संसदमा उठाएको कुरा पुष्टि भएको दाबी गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले सदनमा आन्दोलन भइरहेको बेला पनि बिचौलियालाई कुनै सङ्कोच नभएकोमा आक्रोश पोखिन् । ‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेभिल को केसले झन् पुष्टि गर्‍यो कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।

सबैभन्दा दुःखको कुरा चाहिँ– सदनमा आन्दोलन हुँदै गर्दाको बेला पनि बिचौलियाहरूलाई न डर न भय न सङ्कोच। कसैको अकरमन्यताले गर्दा यस्तो आँट मानव तस्कर र स्मगलरहरुमा पलाएको हो ? सदनको गरिमा त निलो रिबनमा भन्दा यसमा खोज्नु पर्ला सभामुख महोदय। देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?, उनले प्रश्न गरिन् । २०७८ साल फागुनमा बनेको ‘भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन’ले गृह मन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको उनले बताइन् । कोभिड पछिको समयमा दुबईमा नेपालीहरू भिजिट भिसामा बिचल्ली परेपछि गठित त्यो कार्यदल र अहिलेको कार्य दलमा केही फरक नभएकाले  संसदीय छानबिन समिति मागेको श्रेष्ठले दाबी गरिन् ।

COMMENT

.