• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

प्रकृति लम्सालको अन्तिम संस्कार

८ फागुन २०८१, बिहिवार

रूपन्देही – भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । पार्थिव शरीरमा हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए ।

बुधबार रूपन्देही लाइएको उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । २०६१  साल असार ४ गते भैरहवामा जन्मिएकी लम्साल गत आइतबार केआईआईटी छात्रावासमा झुण्डिएको अवस्था मृत भेटिएकी थिइन् ।


COMMENT

.