
काठमाडौं – नेकपा एमालेबाट निस्काशित डा भीम रावल अहिले नयाँ पार्टी खोल्नका लागि देश व्यापी अभियान चलाइरहेका छन् ।
पूर्वका केही जिल्ला पछि पश्चिममा केन्द्रित भएका भीम रावलले काठमाडौंका मेयर बालेन शाहसँग सहकार्य गर्ने इच्छा राखेका छन् । धनगढी पुगेका रावले आफू नयाँसँग सहकार्य गर्न तयार रहेको बताउँदै बालेनसँग पनि छलफल गर्ने बताएका हुन् ।
मातृभूमि जागरण अभियान लिएर देशव्यापी अभियानमा निस्किएका रावलले आफूले नयाँ पार्टीको नेतृत्व गर्नै पर्छ भन्ने नभएको बताउँदै नयाँ पार्टीको नेतृत्व नयाँ पुस्ताले नै गर्दा उपयुक्त हुने धारणा राखे । आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
‘यो देशको हित चाहने, अहिलेको अवस्थामा देश भएन । अहिले ठूला राजनीतिक दलहरू भागबन्डामा केन्द्रित भएका छन् । त्यसैले राष्ट्रसहितमा अगाडि बढ्ने बालेनजी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं ।’उनले भने ।
उनले एमालेले आफूलाई राजावादीसँग साँठगाँठ गर्यो भन्नुभन्दा पनि आफ्नो पार्टीमा कस्ताकस्ता मान्छे छन् हेर्न सुझाव दिए । यता बालेन निकट स्रोतले भने उनी तत्लका कुनै राजनीतिक पार्टीमा जाने वा खोल्ने योजनामा नभएको जानकारी दियो ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.