झापा – चैत ९, विर्तामोड झापामा बसमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। झापाको दमकबाट विर्तामोड जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा मृत भेटिएकी महिला मोरङ गछिया बस्ने ४३ वर्षीया सेलिङ चेम्जोङ भएको खुलेको हो।पूर्वपश्चिम राजमार्गअन्तर्गतको दमक(विर्तामोड खण्डको झिलभिलेमा पुग्दा अन्य यात्रुले सिटमा महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ पौने ६ बजेतिर यात्रुले बसको सिटमै महिला अचेत अवस्थामा ढलेको देखेका थिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । परिवारसँग सम्पर्क गरेर घटना अगाडिको महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्नेकाम भइरहेको प्रहरीको भनाइ छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.