
काठमाडौं, २० वैशाख – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ आयोजित प्रभातफेरी रत्नपार्क शान्तिकाबाट सुरू भइ भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । त्यसअवसरमा प्रेस तथा अभिव्यक्तिका लागि समयमा भएका सङ्घर्षमा योगदान गर्नुहुने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट गरियो ।
सोअवसरमा अग्रज पत्रकारले विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा महासङ्घले देशभरकै पत्रकार अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्दै आएकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको बताउछन् ।
उनले अहिले पनि दण्डहिनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की व्यहोर्नुका साथै विस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष एवं रमेश विष्ट र काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याललगायतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनको अग्रमोर्चामा रही योगदान पुर्याएको नेपाली पत्रकारिताले आवाजविहीनका आवाजका रूपमा काम गरि रहेको समेत स्मरण गराएका थिए । उनीहरूले मुलुकमा अझै पनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण, यातना र झमेला खेप्न परिरहेको घटना स्मरण गरेका थिए । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.