काठमाडौं, ११ वैशाख – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले शिक्षामन्त्री पन्तलाई शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवाराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थिए ।
नेकपा एमालेका नेता पन्तलाई प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गर्नुभएको थियो । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिएका थिए । नव नियुक्त शिक्षामन्त्री पन्त समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.