
काठमाडौं, १७ जेठः साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । शिष्टाचार अभियान नेपालले यहाँ आजोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यकार प्रा माधव भट्टराई र डा शैलेन्दुप्रकाश नेपाललगायत साहित्यकारले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरेका थिए ।
सङ्ग्रहमा गद्यात्मक खण्डमा लेखिएका ४६ र पद्यात्मक खण्डमा लेखिएका ६० कविता समावेश छन् । सङ्ग्रहमा समावेश आधिकांश कविता राष्ट्रवादी भएको साहित्यकार तथा पत्रकार दाहालले बताउछन् । त्यसैगरी देश र देशवासीप्रतिको सद्भाव मुछिएका कविताले आफ्नो जन्मभूमि, जिल्ला र गाउँप्रतिको प्रेम दर्शाएको उनको भनाइ छ । कवितामा पाखापखेरा, गाउँबेंसीप्रतिको मोह, जनमानसप्रतिको बेथिति, नेताप्रतिको वितृष्णा, चाडपर्व, रीतिरिवाज, नेपाली जनमानसको आफ्नो संस्कार, जताततै बढ्दै गएको अराजकतातिरको आक्रोश पनि समावेश गरिएको छ ।
लेखक दाहालले कवि/साहित्यकारप्रतिको सद्भाव, गरिबप्रति सहानुभूति, राष्ट्र÷राष्ट्रियताप्रतिको झुकाव, देशप्रेमप्रतिको चिन्तन, जन्मभूमि आसपासका भिरपाखाको वर्णन कवितामा गरिएको जानकारी दिएका थिए । सङ्ग्रहमाथि टिप्पणी गर्दै डा अम्बिका अर्यालले मानव अधिकारको खोजी, बुद्धत्व हराउँदै गएकामा चिन्ता, गणतन्त्र आए पनि सर्वसाधारणका छोराछोरीको अपहरण, विभत्स हत्या रोकिएका छैनन् भन्ने कुरालाई कविताले जोड दिएको उल्लेख गरेका थिए । लेखक दाहालले भने, “देशमा समानता छैन, बुढापाका आफ्ना सन्तानका पीरले तड्पिरहेका छन्, पुराना सभ्यता र संस्कृति थला परेका छन्, यी र यस्तै विषयलाई कवितामार्फत उजागर गरिएको छ ।” रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.