कीर्तिपुर (काठमाडौ ), १३ वेशाखः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएका छन् । साथै उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गरेका थिए भनेका छन् । छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गर्नुभएको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उनले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताउछन्। रासस


COMMENT
.