काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। जसले गर्दा बुधबारका लागि तय गरिएको भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जनाएको छ। ‘उहाँको घाँटीमा समस्या आएकाले आराम गरिरहनुभएको छ’, स्रोतले भन्यो, ‘सम्भवतः आजका कुनै कार्यक्रमा सहभागी हुनुहुन्न।’
एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ। मंगलबार ओलीले सगरमाथा संवादको घोषणा गरेका थिए । हिजो दिनभर जसो व्यस्त भएका ओली साँझ अस्वस्थ भएका हुन् ।
यता मंगलबार ओलीलाई भेट्न नपाएर बुधबार लागि पर्खिएका धरानका मेयरले आज पनि प्रधानमन्त्रीलाई भेट्न नपाउने भएका छन् । धरानको खानेपानी समस्या समााधानको मागसहित प्रधानमन्त्रीसँग भेट्न खोजेका मेयर राईले बुधबार प्रधानमन्त्रीसँग भेट हुने आशा गरेका थिए । उनी सोमबार धरानबाट खाली गाग्री लिएर पानी माग्नका लागि काठमाडौं आएका थिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.