काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णयअघि नै सञ्चारमाध्यममा आएकोप्रति आक्रोश पोखेका छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आक्रोश पोखेका हुन् । उनले मन्त्रिपरिषद्को बैठक सकिनु १८ मिनेटअगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार गत चैत ११ गते अनलाइन माध्यममा आएको उल्लेख गरे ।
उनले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताए। ‘अनलाइनको समाचारदाता मन्त्री हो ? प्रवक्ताले नभन्दै कसले भन्यो ? यसलाई कारबाहीको विषय बनाउन प्रधानमन्त्रीसँग कुरा राखेँ’, उनले भने, ‘मोबाइल बाहिर राखेर मन्त्रिपरिषद्को बैठकमा आउन मन्त्रीहरूलाई आग्रह गरेका छौँ।’
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.