काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो ।केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको निधन भएको कलाकार सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।सिरियलमा उनले धुर्मुसद्वारा अभिनीत पात्र ‘खड्काजी’की श्रीमतीको रूपमा छुच्ची स्वभावकी ‘अप्सरा आमा’को भूमिका निभाएकी थिइन्।
श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.