• २ जेठ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

अल्लु अर्जुन बने सबैभन्दा महंगो अभिनेता , कति पाउँछन् पारिश्रमिक ?

१० चैत २०८१, आइतवार

नयाँ दिल्ली - दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा २ बक्स अफिसमा हाई लेभलको ‘बेन्चमार्क’ स्थापित गरिदिएको छ । यो ऐतिहासिक सफलता पछि अभिनेता आफ्नो अर्को फिल्म लिएर चर्चामा आएका छन् । अल्लु अर्जुनको यो फिल्म ‘पठान’ निर्देशक एटलीले बनाउँदैछन् ।

यसको नाम हाललाई ‘ए ६’ राखिएको छ । फिल्मबारे नयाँ अपडेट आएको छ । नयाँ अपडेटका अनुसार अल्लु अर्जुनले निर्माताहरूबाट फिल्मबाट ठूलो रकम लिएका छन् । यो पारिश्रमिक लिएपछि उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् । अल्लु अर्जुन र एटलीको यो फिल्म बीएफएक्सले भरिपूर्ण ठूलो बजेटको फिल्म हुनेछ । फिल्म रिलिज भएको छैन । तर अभिनेताले यसमार्फत पहिले नै ठूलो रेकर्ड बनाएका छन् । सेलिब्रेटी फ्यान पेजका अनुसार अल्लु अर्जुनले ‘ए ६’का लागि १०० वा १५० करोड भारु नभएर १७५ करोड भारु लिएका छन् । यस फिल्मबाट उनी आज भारतमा सबैभन्दा धेरै पैसा लिने अभिनेता बनेको खबरहरू छापिएका छन् ।

रिपोर्टका अनुसार अल्लु अर्जुनले यस आगामी परियोजनाको लागि प्रोडक्सन हाउससँग १७५ करोड रुपैयाँको सम्झौतामा हस्ताक्षर गरेका छन् । यतिमात्र कहाँ हो ? उनले फिल्मको नाफामा १५ प्रतिशत हिस्सा पनि पाएका छन् ।  यो सम्झौतासँगै, अल्लु अर्जुन आधुनिक भारतीय सिनेमामा कुनै पनि अभिनेताले हस्ताक्षर गरेको सम्झौता अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रन्ट–एन्ड सम्झौता बनेको छ । एटलीको फिल्म ‘ए६’ मा राजनीति र नाटकको जबरदस्त तड्का देख्न पाइनेछ ।

COMMENT

.