काठमाडौं - बुधबार सेयर बजार ५.१० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८१ अंकमा कायम भएको छ ।बजारको अंक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो ।
कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रह्यो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घट्यो । फाइनान्समा फेरि आकर्षण देखिएको छ ।
अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको यो सेक्टर यस दिन ३.८७ प्रतिशत बढ्यो ।विकासमा बैंक १.६८, होटल तथा पर्यटन ०.९५, हाइड्रोपावर १.२४, उत्पादन ०.२५, लगानी ०.०९, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.६३ प्रतिशत बढे । जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह ०.४१ प्रतिशत घटे ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.