
गोरखा, १२ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र गार्खाली जनताको सुखदुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताएका थिए ।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले काठमाडौँमा रहेपनि गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धताहरु नबिर्सिएको र यस क्षेत्रको जनप्रतिनिधिका हैसियतले गोर्खाली जनताको समस्यालाई नजिकबाट नियाली सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
“तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन÷पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,” उनले भने, “अझै दुई साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु । तर, केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो होइन, यहाँको विकास निर्माणका कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयास गरिरहेको छु ।”
अध्यक्ष दाहालले भूकम्पको केन्द्रविन्दु बारपाकमा रु २८ करोडको लगानीसहित ढल निकास परियोजना सुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भइसकेकाले बारपाकको विकास अघि बढेको स्पष्ट गरेका थिए ।मुलुकको राजनीतिक घटनक्रमप्रति इङ्गित गर्दै उनले पछिल्ला दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरी प्राप्त उपलब्धि सिध्याउने खेल भइरहेकाले त्यसविरुद्ध गणतन्त्रधर पक्ष सबै एक भई प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, “गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यसतर्फ सचेत र सजग भई इतिहासलाई फर्काउन खोज्ने प्रतिक्रियावादी र तानाशाही प्रवृत्तिको अन्त्यका लागि सबैसँग अनुरोध गर्दछु ।” रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.