
ढोरपाटन (बागलुङ), १० वैशाखः बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ । विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई दशकपछि स्तरोन्नति हुन थालेको हो ।
तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु पाँच लाख र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म श्रमदान गरेर निर्माण गरेको सडक आगामी असार महिनाभित्र कालोपत्र हुने गरी धमाधम काम भइरहेको छ । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीन वटा सडक कालोपत्र गर्न रु ५८ करोड अनुदान पाएको थियो ।
उक्त बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर–ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती–माझीबस्ती–निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी–तितौरे सडक छनोट गरेको थियो । नगरपालिकाले ०८१ जेठ १५ गते आशिष÷फेवा जेवीसँग १२।५ किलोमिटर सडक कालोपत्र गर्न रु ४९ करोड २१ लाखमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।
लामो समयपछि सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन् । बागलुङ–४ ढोडेनीका प्रेमप्रसाद आचार्यले २६ वर्ष अगाडि आफू ५४ वर्षको उमेर हुँदा कम्मरमा लट्ठा बाँधेर गैंची र कोदालोले ओढारचौरको पहरो फोडेर सडक निर्माण गरेको स्मरण गरेका थिए । आफुले भोगेको दुखः छोरानातिले नभोगुन भनेर त्यो बेला स्थानीय एकजुट भएको उनले बताउछन् ।
उनले भने, “उति बेला अहिलेको जस्तो मेसिनको सुविधा थिएन, हामीहरुले पहरोमा गल गाडेर, गलमा लट्ठो बाँधेर त्यही लट्ठो कम्मरमा बाँधी झुन्डिएर भिर काटेर डोरेटो खनेका थियौँ, आचार्य भने”, अहिले “म ७९ वर्षको भए, बाटो बन्न २६ वर्ष लाग्यो ।”अहिले उक्त सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायतका काम सकिएको निर्माण कम्पनीका इञ्जिनियर मनोज शर्माले जानकारी दिएका थिए । वैशाख महिनाभित्रै कालोपत्र समेत गरिसक्ने गरी काम भइरहेको शर्माले बताएका थिए । काम सुरु गरेको पाँच महिनामा संरचना निर्माणको ९५ प्रतिशत काम सकिएको उनले बताउछन् ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.