• १५ साउन २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

२३ जेठ २०८२, बिहिवार

भद्रपुर (झापा), २२ जेठ – ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण स् हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर  विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो । सडक किनारमा मधुकामिनी, गुलमोहर, जाडुल, राजवृक्ष र कल्कीलगायत बोटका बिरुवा रोपिएका प्रमुख डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताउछन् । 

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्लाष्टिकजन्य सामग्री नियन्त्रणको प्रयासमा पालिका रहेको दोहो¥याउँदै फोहर फैलाउने प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्न अब निर्ममतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

COMMENT

.