• २५ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

महाकालीको माछा बेचेर जीविका चलाउँदै

२० जेठ २०८२, सोमवार

कञ्चनपुर, १९ जेठः भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान  झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएका थिए । माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताएका थिए । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्नुहुन्छ । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छा्। 

“ताजा माछाको माग बढी हुन्छ,” राईले भने, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राखेका थिए । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ । 

माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले  बताएका थिए । उनीहरुसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेका थिए । माछा मार्न उनले समूह बनाएर जाने गरर्छन् । महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआउनुभएकी पार्वती चौधरी बताउछन् । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको  उनले बताएका थिए। “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ”, चौधरीले भने। महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन । रासस

COMMENT

.