काठमाडौं, १२ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले शिक्षकका आवाज सरकारले नसुनेकामा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिएका थिए ।
सहकारीपीडित, मिटरब्याजपीडित र चिकित्सलगायतको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएमा असन्तुष्टी प्रकट गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरेका थिए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गरेका थिए । सङ्घीय संसद्को वर्खे अधिवेशन खास अर्थमा देश र जनताका पक्षमा केन्द्रित होओस् भन्ने उनले कामना गरे । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.