काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण गरेका छन् ।मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति निष्ठापूर्वक लागेका व्यक्ति भएकाले उहाँको कृति नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । साहित्यकार उप्रेती आफ्नो पुख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाए।उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्वसदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गरेका छन् ।रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.