
बलेवा (बागलुङ), ९ असारः जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर बगैँचाको काम थाल्ने भएको छ । सत्रौँ नगरसभा तथा आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख गरेका थिए । बाँदरकै कारण किसानले बस्ती छाडेर हिँंडेका, उत्पादकत्व घटेको र किसानले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो । वडा नंं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माणको काम थाल्ने नीतिमा उल्लेख छ । वन ऐन, वन्यजन्तुसम्बन्धी कानुनले बाँदर बगैँचा निर्माणको काम रोकिएको छ । बाँदरलाई सङ्घ सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो ।
किसानलाई प्रोत्साहन गर्न जैमिनीले पशुपालनतर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ । दुग्धजन्य परिकारलाई मूल्य शृङ्खलामा जोडेर बन्द रहेका फार्म पनि सञ्चालनमा प्रोत्साहन गरिने भएको हो । त्यसका लागि ‘निःशुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ । दूध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको हो । कृषि क्षेत्रमा आर्कषण बढाउन र किसानलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ । सबै किसानलाइ सूचीकरण गरेर परिचयपत्र दिने भएको हो । जैमिनीलाई सबै किसान सूचीकरण भएको पालिका बनाइने नररप्रमुखको नीतिमा उल्लेख छ । सेरा जाऔँ केरा खाऔँको निरन्तरतासहित सुन्तला पकेट, बाख्रा जोनलगायत कार्यक्रम सञ्चालन गर्ने पनि नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसान जोडिएकाले उनीहरूलाई दिने प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवश्यक भएको पुनको भनाइ छ ।
किसानकै लागि नीतिमा सबैभन्दा धेरै बुँदा समावेश छन् । यसअनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताउछन् । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातको लागि तयारी बनाउने जैमिनीको योजना छ । गत वर्ष नै सुरु गर्ने भनिएको कृषि एमबुलेन्स सञ्चालन गर्ने नीतिसमेत आएको छ । उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, पशुलाई खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनलाई बजार पठाउने काममा नगरले किसानलाई साथ दिने भएको हो ।
परम्परागत बालीको उत्पादन बढाउने नीति पनि नगरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरोलगायत उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ । शिक्षाको गुणस्तर बढाउन लिड स्कुलमार्फत पढाइ सञ्चालन गर्ने, सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाका बिरामीलाई हेलीउद्धार गर्न सबै वडामा हेलिप्याड बनाउने भएको हो । दश वडा रहेको जैमिनीमा अघिल्लो वर्ष नै तीनवटा वडामा पक्की हेलिप्याड बनाइएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति पनि नगरले ल्याएको छ । बजेटमा सुनिश्चितता गरेर उक्त नीति ल्याएको नगरउपप्रमुख हरिहर शर्माले बताउनुभयो । नीतिमा १३ दिगो सडकलाई निरन्तरता दिने, बसपार्क निर्माण गरिने, अलपत्र परेको प्रशासकीय भवन सक्ने, सबै वडा कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा दिने नीति पनि लिइएको छ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.