काठमाडौं – सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल पुगेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलन प्रवेश गरेको हो।
जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेट गुमाएर ९ बल अगावै भेट्टायो । सुदूरका लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका विनोदले समान ३ छक्का र चौका हिर्काउँदै अविजित ५८ रन जोडे ।
कप्तान दीपेन्द्रसिह ऐरीले नटआउट रहँदै २० रन जोडे । त्यसअघि ब्राण्डन म्याकमुलनले २५ तथा सैयद जैवले ३२ रन जोडेका थिए । आज पराजित भएको जनकपुरले भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.