• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

नेपालमा एमसीसीले निरन्तरता पाउने

५ असार २०८२, बिहिवार

काठमाडौं – नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको ७५ अर्ब रुपैयाँ ९५५ करोड अमेरिकी डलर अनुदानमा सञ्चालन भइरहेको परियोजनाले निरन्तरता पाउने सम्भावना देखिएको छ ।यसअघि गत वैशाखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)ले एमसीसी नै खारेज गर्ने तयारी गरेको समाचार बाहिरिएपछि नेपाल कम्प्याक्ट निरन्तर हुने नहुनेमा अन्योल छाएको थियो ।तर, अमेरिकाले वैदेशिक सहायताबारे पुनःमूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्त्वपूर्ण खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू गर्न अनुमति दिएकोमा त्यो कार्यले निरन्तरता पाई नै रहेको छ ।

एमसीसीले आफ्ना कार्यक्रम भएका अन्य देशमा कार्यक्रम कटौती गर्दा पनि नेपालमा भने केही महत्त्वपूर्ण काम गर्न दिएको अनुमतिलाई निरन्तरता दिनुलाई अर्थ मन्त्रालयका अधिकारीहरूले यो कम्प्याक्ट निरन्तरता हुने हिसाबले बुझेका छन् ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यसबीचमा अमेरिकी राजदूत डिन थम्सनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईपटक भेट गरिसकेका छन् । ‘पहिलो भेटमा एमसीसी निरन्तरता नहुने खालको कुरा गरेका राजदूत थम्सनले दोस्रो भेटमा भने ‘पहिले मैले भनेजस्तो होइन रहेछ, यो निरन्तर हुनसक्छ’ भन्ने आशावादी कुरा गरेका थिए ।

COMMENT

.