
म्याग्दी, ७ वैशाख – अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्यून मात्रामा पर्यटक आउने गरेका बताएका थिए ।
“यहाँसम्म आउने व्यवस्थित पदमार्ग निर्माण र आकर्षणको प्रचारप्रसार नहुँदा पर्याप्त पर्यटक आगमन हुनसकेको छैन”, उनले भने, “बयलीलाई व्यवस्थित गर्न सक्ने हो भने अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।”अन्नपूर्ण गाउँपालिका–५ शिख, पाउद्धार, स्वाँत बासिन्दाहरूको अगुवाइमा पर्यटकको सुविधा, गाउँका विद्यालय र स्वास्थ्य संस्था सञ्चालनका लागि स्थानीय स्रोत जुटाउन १५ वर्षदेखि बयली, ढाडखर्क र खोपारामा सामुदायिक लज सञ्चालन भएको छ ।
बयलीको तलतिर गुराँस र सल्लाको जङ्गल छ । माथिल्लो क्षेत्रको पाखोमा घरपालुवा जनावरको बर्खायामको चरन क्षेत्र (बुकी) छ । यहाँ चौरीपालन गरिएको छ । बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ पनि बयलीमा राख्ने गरिन्छ । पश्चिम फर्किएको पाखोमा अवस्थित बयलीको पृष्ठभूमिमा धवलागिरि ‘रेञ्ज’का हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । म्याग्दीका पहाड र ग्रामीण बस्ती पनि देखिन्छ । बस्तीबाट टाढा रहेको बयलीको वातावरण शान्त र रमणीय छ । चौरीगोठ बयलीको थप आकर्षण हो ।
म्याग्दीको घोडेपानीबाट एक दिन र कास्कीको घान्द्रुकबाट दुई दिनको पदयात्रा गरेर बयली पुग्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा घोडेपानी र घान्द्रुकबाट बयली जाने आधारभूत स्तरको पदमार्ग छ । बयलीको सामुदायिक लजमा एक दिनमा १८ जना बास बस्न सक्ने क्षमता छ । बयलीबाट ढाडखर्क हुदैँ स्वाँत–शिख र खोपारा–खयर–पाउद्धार जान पनि सकिन्छ । बयलीबाट ढाँडखर्कसम्मको जङ्गल र भिरमा पदमार्ग नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सडक विस्तारसँगै छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको बसाइ लम्ब्याउन बयलीलगायत सम्भावना भएका गन्तव्यको पहिचान र ती ठाउँमा पूर्वाधार निर्माणका लागि प्रयास गरिएको बताएका थिए । “बयलीलाई पनि नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ”, उनले भने, “यस क्षेत्रको निरीक्षण गरेर आवश्यकता पहिचान र पूर्वाधार निर्माणमा पहल गर्छौँ ।” रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.