तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

एसियाली विकास बैंक (एडीबी) को २२७ मिलियन अमेरिकी डलर लगानी तथा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण संरचनामा आयोजना निर्माण गर्न लागिएको आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन्।

अर्धजलाशययुक्त यो आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ मा रहनेछ।

त्यस्तै विद्युत्गृह, कर्मचारी आवास तथा मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा निर्माण हुनेछन्।

आयोजना प्रमुख श्रेष्ठका अनुसार विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ।

यो आयोजना सम्पन्न भएपछि उक्त क्षेत्रको विद्युत् उत्पादन क्षमता उल्लेख्य रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।