देशभर आज मौसम बदली रहने तथा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङ्सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि वर्षा तथा हिमपात हुनसक्नेछ।
मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमको तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको छ। साथै, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागमा अधिकांश स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन तथा चट्याङ्सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
वर्षासँगै तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्