काठमाडौँ– नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो। पछिल्ला दिनमा बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार भने घटेको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ।

बिहीबारको कारोबारका लागि महासंघले सुन तथा चाँदीको नयाँ मूल्य निर्धारण गरेको हो।