काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्रसिंह महताले आकस्मिक स्वास्थ्य समस्या परेका बिरामीको उद्धारमा देखिएको कानुनी जटिलता तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद महताले आफ्नो परिवारका सदस्यको उपचारका क्रममा भोगेको पीडादायी अनुभव सुनाउँदै आकस्मिक अवस्थामा बिरामीलाई सहज र समयमै उद्धार गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
उनका अनुसार गत भदौ ६ गते आफन्तलाई सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए।
त्यसपछि बिरामीलाई थप उपचारका लागि लैजान हेलिकप्टरको खोजी गर्दा आफूहरूले निकै सास्ती भोग्नुपरेको सांसद महताले बताए।
आकस्मिक स्वास्थ्य अवस्थामा रहेका बिरामीको जीवनरक्षाका लागि तत्काल उद्धार आवश्यक पर्ने भए पनि विभिन्न कानुनी तथा प्रक्रियागत जटिलताका कारण समयमै उद्धार गर्न कठिनाइ हुने गरेको भन्दै उनले त्यस्ता समस्या हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्