काठमाडौँ । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ। वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।
दिउँसोको मौसम
दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुन सक्छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा भने मेघगर्जन/चट्याङ र असिनासहित हल्का वर्षा/हिमपात हुन सक्छ।
मधेसलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
रातिको मौसम
विभागका अनुसार राति कोसी प्रदेशका सबै भूभाग तथा बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुन सक्छ।
मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्