काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु ५०० ले बढ्दा चाँदी रु ३५ ले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९२ हजार ८०० कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० मा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु चार हजार ३९० कायम भएको छ। बुधबार चाँदी प्रतितोला रु चार हजार ४२५ मा कारोबार भएको थियो।