काठमाडौँ । वरिष्ठ बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतको गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, स्थानीय समयअनुसार बिहान ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
समाचार एजेन्सी एएनआईका अनुसार प्रारम्भिक विवरणमा पाटेकरलाई हृदयाघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए, तर कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुख डा. शेखर सालकरले जानकारी दिए।
‘४५ मिनेटसम्म सिपिआर गर्दा पनि उनलाई बचाउन सकिएन,’ उनले भने, ‘घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको छ र पोस्टमार्टम गरिनेछ।’
पाटेकरको निधनको परिस्थितिबारे परिवारका सदस्य र अधिकारीले विस्तृत जानकारी दिएका छैनन्।
चार दशकभन्दा लामो अभिनय यात्रा
हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रबाट व्यापक पहिचान बनाएका थिए।
शानदार अभिनय, विशिष्ट संवाद शैली र प्रभावशाली पर्दा उपस्थितिका लागि परिचित उनले विभिन्न पुस्ताका दर्शकमाझ आफ्नो छुट्टै स्थान बनाएका थिए। उनको निधनको खबरपछि भारतीय मनोरञ्जन क्षेत्र र प्रशंसकमाझ शोक छाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्