काठमाडौँ । काठमाडौँको काँडाघारीमा बुधबार राति प्रहरीले गोली चलाएर चोरी तथा डाँका मुद्दाका फरार अभियुक्त आयन माझीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार चोरी तथा डाँका मुद्दामा फरार रहेका माझीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको एक गोली लागेर माझी घाइते भएका छन्। घाइते भएलगत्तै उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो।