बागलुङ। दरमखोलाको आडैमा थियो बागलुङको गलकोट नगरपालिका–९ को कार्यालय। गत असोज ११ मा दरमखोलामा आएको बाढीले यो सिङ्गो भवनलाई खोलामा लडाएको छ।
पहिलो कार्यकालमै कार्यालय भवन बनाउन वडाध्यक्ष तेजबहादुर थापाले निकै मिहिनेत गरेका थिए। पहिलो कार्यकाल पूरा नहुँदै भवन बन्यो, सेवाप्रवाह थालियो। निकै मिहिनेत गरेर ठड्याएको कार्यालय भवन आँखैअगाडि दरमखोलामा ढल्दा वडाध्यक्ष थापा निकै भावुक छन्।
बिहान–बेलुका उनी दरमखोलामा लडेको भवन हेर्छन्। केही अति आवश्यक सामान झिक्न सकिने आसमा जोखिम मोलेर भित्र छिर्छन्। कतिबेला कुर्ची, कतिबेला टेबल त कतिबेला कम्प्युटरका पाटपुर्जा निकालेर बाहिर आउँछन्।
बाढीले भवन लडाउला भन्ने गाउँका कसैले पनि कल्पना गरेका थिएनन्। दरमखोलामा आएको बाढी खाली जमिन कटान गर्दै भवनसम्म आइपुग्यो र अन्ततः भवन नै लडायो। भवन लडेपछि अध्यक्ष थापा रातमा समेत निदाउन सकेका छैनन्।
८० लाखमा बनेको थियो भवन
संघीयता स्थापनापछिको पहिलो स्थानीय चुनावमा निर्वाचित भएपछि थापाले सुरुमै भवन बनाउन पहल थालेका थिए। करिब ८० लाख रुपैयाँ लागतमा २०७७ साल माघमा भवन तयार भएको थियो।
तीन रोपनी क्षेत्रफलमा निर्मित भवनका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानमा प्राप्त भएको थियो। यसपछि वडाध्यक्ष थापा गाडी पार्किङ र बगैँचासहितको भवन निर्माण गर्न सफल भएका थिए। अहिले भवन खोलामा लडेको अवस्थामा छ भने बगैँचा र पार्किङ स्थलको नाम–निशान छैन।
साबिकको मल्म गाविस विभाजित भएर वडा नयाँ बनेकाले सुरुवातमा वडा कार्यालयसँग आफ्नै भवन थिएन। भवन बन्नुअघि विद्यालयको कोठा भाडामा लिएर वडा कार्यालय चलेको थियो। कार्यालयले स्थानीय भैरव माध्यमिक विद्यालयको खाली कोठा प्रयोग गरेबापत मासिक ६ हजार रुपैयाँ भाडा तिर्थ्यो।
जोखिम मोलेर सामान निकाल्दै
बाढीले भवनको जमिन कटान गर्न थालेपछि स्थानीयले अति आवश्यक कागजपत्र निकालेका थिए। अन्य सामान भवनसँगै खोलामा पुगेका छन्। लडेको भवनमा पसेर अध्यक्षले सामान निकाल्न थालेपछि गाउँका अरू युवाले पनि साथ दिने गरेका छन्।
बाढीले अध्यक्ष थापाको लाखौँ रुपैयाँ मूल्य पर्ने धानखेत पनि बगर बनाएको छ। तर उनलाई आफ्नो धानखेतको भन्दा बढी चिन्ता वडा कार्यालय भवनको छ।
‘मेरो धानखेत बगेर मलाई केही चिन्ता लागेको छैन। म एकपटक पनि त्यो खेतमा पुगेको छैन, तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु। यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,’ उनले सुनाए।
‘भवनसँगै मेरो इतिहास मेटियो’
भवन नभए पनि जनता सेवा पाउनबाट विमुख नहुने उनी बताउँछन्। अहिले नजिकैको गाउँको एउटा घर भाडामा लिएर सेवा दिइएको छ।
उनलाई भवनसँगै आफ्नो इतिहास मेटिने चिन्ताले निकै सताएको छ। दुई कार्यकाल वडाध्यक्ष भएर गरेको कामको दस्ताबेज मेटिने गरी बाढीले भवन ढलाएकोमा उनी दुःखी छन्।
‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो। यहाँ मेरो दुई/दुई कार्यकालको एक/एक थोपा पसिना छ। मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ उनी भावुक सुनिए।
बाढीले भवनसँगै १५ लाख रुपैयाँ लागतमा जडान गरेको सोलार बत्तीसमेत बगाएको छ। यो भवन गलकोटका ११ वडामध्ये सबैभन्दा पहिले निर्माण गरिएको थियो। खोलामा लडेको भवन अझै पनि बलियो रहेको अध्यक्ष थापाले सुनाए। उठाएर पुनःस्थापना गर्न मिल्ने भए गर्ने उनको योजना छ।
नगरभर २२ घरमा क्षति
बाढीले गलकोट नगरपालिका क्षेत्रका २२ घरमा क्षति पुर्याएको छ। नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार घर, गोठ तथा व्यवसायमा क्षति पुगेको हो। गलकोट नगरपालिका–५ हरिचौर र ६ चरौंदीमा सबैभन्दा बढी क्षति पुगेको छ।
एउटा कुरा जाँच्नुहोला: मूल पाठमा "दोस्रो कार्यालय पूरा नहुँदै भवन बन्यो" थियो। भवन २०७७ माघमा तयार भएकाले मैले यसलाई "पहिलो कार्यकाल पूरा नहुँदै" बनाएको छु; तपाईंको आशय अर्कै भए सच्याउनुहोला। बाँकी हिज्जे (दमखोला → दरमखोला, मासिब → मासिक) र विराम मात्र मिलाएको छु, र लामो पाठ पढ्न सजिलो होस् भनेर चारवटा उपशीर्षक थपेको छु।




(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्