काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँ रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको ४ हजार ४५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ४२५ रुपैयाँ रहेको थियो।
पाठ जस्ताको तस्तै छ, विराम मात्र मिलाएको छु; मूल्यको हिसाब (बढेको रकम र अघिल्लो दिनको भाउ) मिलेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्