काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले बिहीबार साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिन हिरासतमा राख्ने अनुमति दिएको हो।
अदालतबाट थप म्याद पाएपछि साइबर ब्युरोले उनीमाथिको अनुसन्धानलाई निरन्तरता दिने छ। यो म्याद सकिएपछि प्रसाईंलाई फेरि अदालतमा उपस्थित गराइने वा अनुसन्धानको अवस्थाअनुसार अर्को कानुनी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्