काठमाडौं। काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापन गर्न आजदेखि काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरिने भएको छ।
भूमिगत लाइन सञ्चालन तथा आवश्यक प्राविधिक सुधारका लागि चार वितरण केन्द्रअन्तर्गतका क्षेत्रहरूमा विद्युत् कटौती गरिने हो।
कहाँ काटिन्छ बत्ती?
कुलेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्र
बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्र
जोरपाटी वितरण केन्द्रअन्तर्गतका क्षेत्र
कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्र
कहिलेसम्म र कति बजे?
अवधि: असोज १५ देखि २६ गतेसम्म
समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म
भूमिगत प्रणाली सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो र सुरक्षित हुने अपेक्षा गरिएको छ। कटौतीको समयमा आवश्यक काम अघि नै मिलाउन उपभोक्तालाई आग्रह गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्