अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सप्ताहन्तको गल्फ खेल रद्द गर्दै अचानक ह्वाइट हाउस फर्किएका छन्। यस घटनाले अमेरिका र इरानबीच फेरि तनाव बढ्न सक्ने संकेत दिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी गरिरहेको हुन सक्ने अनुमान गरिएको छ।
सीबीएस न्युजको रिपोर्टअनुसार ट्रम्प प्रशासनले इरानमाथि नयाँ सैन्य कारबाही गर्ने सम्भावनाबारे छलफल गरिरहेको छ, यद्यपि हालसम्म अन्तिम निर्णय भने भइनसकेको बताइएको छ।
रिपोर्टहरूका अनुसार अमेरिकी प्रशासन र सेनासम्बद्ध धेरै वरिष्ठ अधिकारीहरूले पनि आफ्नो बिदा तथा अन्य व्यक्तिगत योजना रद्द गरेका छन्।
यसैबीच इरानको सरकारी समाचार संस्था तस्निमले इरानी सेना कुनै पनि शत्रुको आक्रमणको जवाफ दिन पूर्ण रूपमा तयार रहेको दाबी गरेको छ।
यसअघि जेठ ५ गते ट्रम्पले इरानमाथि आक्रमण सुरु गर्ने योजना कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सजस्ता खाडी मुलुकहरूको आग्रहपछि रोकिएको बताएका थिए।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्