सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकार सार्वजनिक गर्दै देशको आर्थिक योजना प्रस्तुत गरेका हुन्।
बजेट विनियोजनअनुसार चालु खर्च सबैभन्दा बढी रहेको छ। सरकारले चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् कुल बजेटको ५९.८ प्रतिशत छुट्याएको छ। पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।
सरकारले बजेटको स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यस्तै वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब र आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब रुपैयाँ जुटाइने योजना छ।
गत आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले वृद्धि भएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्