नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।

यससँगै आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३२० रुपैयाँ ५० पैसा कायम गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको महासंघको भनाइ छ।