गणतन्त्र दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ। पहिलो संविधान सभाले २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
यस अवसरमा सरकारले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक समूहले विशेष प्रस्तुति दिएका छन्। देशभरका सरकारी तथा गैरसरकारी निकायहरूले पनि विविध कार्यक्रममार्फत गणतन्त्र दिवस मनाइरहेका छन्।
गणतन्त्र स्थापनासँगै नेपालमा जननिर्वाचित प्रणालीमार्फत शासन सञ्चालनको नयाँ अध्याय सुरु भएको मानिन्छ।
दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्