२०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ शुक्ल पक्षको त्रयोदशी तिथि परेको छ। यस दिन गणतन्त्र दिवस तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि मनाइँदैछ। तदनुसार यो दिन सन् २०२६ मे २९ तारिख पर्छ।
हिन्दू धर्मावलम्बीका अनुसार शुक्रबारको दिन विशेष धार्मिक महत्व रहेको मानिन्छ। यस दिन सन्तोषी माता, वैभवलक्ष्मी तथा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पूजा–आराधना गरिन्छ।
धर्मशास्त्रअनुसार लक्ष्मी माताको व्रत विधिपूर्वक पालना गर्दा आर्थिक पक्ष बलियो हुने विश्वास रहेको छ। यस दिन व्रत बस्ने व्यक्तिले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु उपयुक्त मानिन्छ भने अमिलो खानुलाई वर्जित मानिन्छ।
शुक्रबारलाई सन्तोषी माताको व्रतका लागि पनि महत्वपूर्ण दिन मानिन्छ। पुरुष तथा महिलाले विधिपूर्वक व्रत बस्दा सुख, शान्ति र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
यस दिन सेतो कपडा लगाउने, घरमा खीर बनाएर गरिबलाई बाँड्ने परम्परा पनि रहेको छ। यसले घरमा सुख–समृद्धि बढ्ने विश्वास गरिन्छ।
ज्योतिषीय मान्यताअनुसार शुक्र ग्रह कमजोर भएका व्यक्तिले शान्तिका लागि सेतो घोडा दान गर्ने, साथै रेशमी कपडा, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन र कपूर दान गर्दा ग्रहदोषमा सुधार हुने विश्वास छ।
शुक्र ग्रहसँग सम्बन्धित रत्न दान तथा व्रत बस्दा जीवनमा सकारात्मक परिवर्तन आउने धार्मिक विश्वास रहेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्