दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा नेपाल–भारतबीचको ऐतिहासिक तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने र साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको बताइएको छ।
भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले रास्वपाका सभापतिसँग भेट गरी भ्रमणबारे विस्तृत जानकारी गराएका थिए। उक्त अवसरमा पार्टी सभापतिले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण सफल हुने विश्वास व्यक्त गरेका छन्।
उनले यस भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने र आगामी सहकार्यका लागि महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षासमेत व्यक्त गरेका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्