भ्रष्टाचार अन्त्य र सुशासनका लागि सबैको सहकार्य आवश्यक : सभामुख अर्याल
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै उनले जनताले गरेको अपेक्षा र विश्वासलाई व्यवहारमा उतार्न सरकार इमानदार, प्रतिबद्ध र जवाफदेही हुनुपर्नेमा जोड दिए।
सभामुख अर्यालले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र नागरिकका भावना समेट्ने कानुन निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए।
जेनजी विद्रोहपछि नेपाली राजनीतिमा आएको परिवर्तनले नयाँ राजनीतिक शक्तिलाई मुलुक सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको उनको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनमा पुगेको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक अवसरसँगै चुनौतीपूर्ण जिम्मेवारीका रूपमा लिनुपर्ने बताए।
व्यवसायबाट राजनीतिमा प्रवेश गरेका आफूले देश र जनताको सेवाका लागि सार्वजनिक जिम्मेवारी पाएको उल्लेख गर्दै उनले जनताको विश्वास कायम राख्न पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
उनले राज्यसँग उपलब्ध स्रोतसाधन सीमित भए पनि तिनको पारदर्शी र प्रभावकारी उपयोग गर्न सके विकास र समृद्धिको यात्रालाई तीव्रता दिन सकिने बताए।
कार्यक्रममा साहित्यको सामाजिक भूमिकाबारे धारणा राख्दै सभामुख अर्यालले साहित्यकारले समाजमा रहेका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक काम र असल अभ्यासलाई पनि उजागर गर्नुपर्ने बताए।
साहित्यले समाजका समस्या, नागरिकका पीडा र भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले यसको अध्ययन नीति निर्माता र जनप्रतिनिधिका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो। व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनाअनुसार v



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्